मंगलवार, आश्विन २० गते २०८३

नेपाली जनसम्पर्क समिति भारतको अधिवेशन हैदरावादमा सम्पन्न (तस्बिरहरु)

मंगलवार , माघ १६, २०८०

काठमाडौं। नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्र हैदराबादको अधिवेशन एबम् सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। दोस्रो अधिवेशनले पुनः राज बहादुर कुँवरलाई २०२४-२०२८ का लागि अध्यक्षमा सर्वसम्मतीले नियुक्त गरेको छ। यस्तै अध्यक्ष कुँवरले देबेन्द्र बोगटीलाई केन्द्रिय सदस्यमा नियुक्ति गरेका छन्।

नेपाली कांग्रेसका पूर्व राज्यमन्त्री तथा केन्द्रिय सदस्य गोविन्द बहादुर शाहको मुख्य आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व अमन्त्रित सदस्य तथा नेपाली जन सम्पर्क समिति भारत का केन्द्रीय अध्यक्ष बालाकृष्ण पान्डे, महासमिति सदस्य बल बहादुर कुँवर, महासमिति सदस्य पदम अधिकारी, नेजस केन्द्रिय उपाध्यक्ष लीलामणि पाण्डे शिक्षा सचिव कासिराम अर्चाय, अछाम जिल्ला सहसचिव गोविन्द बिष्ट,  सास्कृतिक संघका अध्यक्ष जनक केसी, खेल सचीव मीन बहदुर कुँवर, केन्द्रिय सास्कृत सचिब टंक बुढा, केन्द्रिय सदस्य नैन सिंह बिष्ट, कपुर बिष्टलगायतको उपस्थिती थियो । 

कार्यक्रममा प्रमुख अतिथि शाहले प्रवासमा रहेर नेपाललाई नेपालीहरुले पुर्याएको योगदानको एच्च प्रशंशा गर्दै काङ्ग्रेस सदा पवबासम रहेक नेपालीहरुको साथमा रहने बताए । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना नेपाली काङ्ग्रेसले नै गरेको र अब मुलुकलाई समृद्धितर्फ लैजाने बाटोमा अघि बढेको जीकिर गरे।

नेजसका अध्यक्ष बालकृष्ण पाण्डेले समितिले गरेको योगदान समितिक भावी योजना र प्रवासी नेपालीहरुलाई सदा सेवामा लाग्न समितिमा आपसी सद्भाव, मेलमिलापको नीति लिएर काम गर्न समितीका सदस्यहरुलाई निर्देशन दिए। 

उक्त कार्यक्रमको अध्यक्षता राज बहादुर कुँवर र सन्चालन  नन्द सिंह बोगटीले गरेका थिए ।

4a1121c8-cfeb-421f-9c12-d9f576d5179a.jpg

d3e0f9d4-764a-470d-966d-7ce7a1e15d0e.jpg

 

6c9631c0-58f7-4b65-9d6e-f09834e0edbc.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार