मंगलवार, आश्विन २० गते २०८३

संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गरौँ, महामन्त्री थापा

बुधवार , माघ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा विश्वास गुम्दै गएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले अहिले अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताए ।

उनले भने संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गरौँ, साना साना कामहरू गरौँ, त्यसले आम आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्छन्, टुटेको भरोसालाई जागृत गराउँछ, म १२र१३ दिन डुलेर आए अभियानको क्रममा, पहिले पनि हिँडेको थिए अहिले पनि डराएको छैन। तर कता कता मनभित्र चिन्ता लागेको छ एउटा भरोसा गुम्दै गइरहेको छ। मैले घुम्दै गर्दा अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको अवस्था छ। यो डरलाग्दो छ।

उनले जनतामा गुम्दै गइरहेका विश्वासलाई पुनर्स्थापित गर्नुपर्ने जिम्मेवारी सबैको भएको बताए । सरकारले कतिपय कमजोरीलाई स्वीकार गरेर नयाँ गर्ने संकल्प गरेपनि अझै लय भने समात्न नसकेको उनको भनाई छ ।

उनले थपे त्यसको सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले नै हो। सरकार सञ्चालन गर्ने कुरामा सरकारको नेतृत्व गर्नेले सबैलाई सँगै लिएर हिँड्नुपर्छ। प्रधानमन्त्रीको कतिपय कमजोरीलाई स्वीकारेर नयाँ गर्ने संकल्प गर्नुभएको छ। प्रयास गर्ने खोजिएको छ तर लय समात्न सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार