मंगलवार, आश्विन १३ गते २०८३

परीक्षा बिग्रिएको भन्दै 'सुसाइड नोट' लेखेर आत्महत्या

सोमवार , श्रावण १८, २०७८

सुर्खेत। एक युवतीले परीक्षा बिग्रिएको भन्दै 'सुसाइड नोट' लेखेर आत्महत्या गरेकी छिन्। पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि 'सुसाइड नोट' समेत लेखेको प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार 'सुसाइड नोट' मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी  रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन्। कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन्।

मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ। घटनास्थलमा त्यस्तो शंकास्पद केही छैन। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार