मंगलवार, आश्विन २० गते २०८३

सदनमा ६५ जनामात्र सांसद, गणपुरक संख्या नपुगेपछि स्थगित

बिहिवार , फाल्गुण १०, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी ९दोश्रो संशोधन० विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेक्रममा एमाले सचेतक महेश बर्तौलाले गणकपुरक संख्या यकिन गर्न माग गरे ।

गणकपुर संख्या भएरनभएको यकिन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले भोलि ११ बजेसम्मका बैठक स्थगित गरेका छन् । कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा २७५ मध्ये एक चौथाइ सदस्य अर्थात् ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जनामात्र उपस्थित देखिएकाले बाँकी कार्यक्रमलाई सूचीबाट हटाउँदै बैठक स्थगित भएको सभामुखले जानकारी गराए ।

कांग्रेस महासमिति बैठक, एमाले केन्द्रीय कमिटी र माओवादी पनि आन्तरिक छलफलमा रहेका कारण प्रतिनिधिसभामा सांसदहरूको न्यून उपस्थिति देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार