मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्री हराउनुभयो, खोजी गर्नुपर्‍यो : एमाले

शुक्रवार , फाल्गुण १८, २०८०

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री संसदमा हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका हुन् । 

‘प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो ? खोजी गरियोस्’, निरन्तरको रुलिङ हुँदा पनि प्रधानमन्त्री जवाफ दिन नआएको भन्दै उनले भने । 

उनले बालकुमारी घटनालगायतका विषयमा सभामुखले फागुन ६ देखि प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेपनि प्रधानमन्त्री अनुपस्थित नभएर छोरीको नगरपालिकातिर गएको आरोप लगाए । उनले विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म र प्रमले जवाफ नदिएसम्म संसद नचल्ने घोषणा गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार