मंगलवार, आश्विन २० गते २०८३

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती

मंगलवार , चैत्र ६, २०८०

काठमाडौं । गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई चुनौती दिएका छन् ।

लामिछानेले संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसलाई चुनौती दिएका हुन् ।

काङ्ग्रेसले संसद् अवरोध गर्नु उसको अधिकारको विषय भएको तर आफूले काम गरिरहने लामिछानेले बताए । उनले भने, ‘काङ्ग्रेसले संसद अवरोध गर्नु अधिकार हो, म काम गर्छु । काम गर्ने भनेरै अगाडि बढेको छु ।’

ठाडो उजुरीमा राजीनामा माग्ने हो भने यो कस्तो काङ्ग्रेसको रणनीति हो रु उनले काङ्ग्रेस लाई प्रश्न गरे। 

संसदमा नेपाली कांग्रेसले राजीनामा मागेपछि आक्रोशित देखिएका लामिछानेले ठूला व्यक्तिहरु समातिन थालेपछि कांग्रेस आत्तिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार