बिहिवार, आश्विन १५ गते २०८३

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , चैत्र १३, २०८०

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउमा घटेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार ३७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ७ हजार ८५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार