बिहिवार, आश्विन १५ गते २०८३

एएफसी फुटसल एसियन कप छनोट सर्यो

सोमवार , आषाढ २१, २०७८

काठमाडौं । नेपालले सहभागिता जनाउने एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता सरेको छ ।एसियन फुटबल कन्फेडेरेसन ९एएफसी० ले सोमबार अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको जनाएको छ ।

छनोट खेल अक्टोबर १३ देखि २४ सम्म हुने तालिका रहेको थियो । तर, कोरोना महामारीको कारण छनोट सारिएको एएफसीले जनाएको छ ।एएफसीले छनोट प्रतियोगिता अब २०२२ को अप्रील १ देखि १५ सम्म हुने जनाएको छ ।

यस्तै एएफसीले एएफसी फुटसल एसियन कपको फाइनल चरणको प्रतियोगिताको मिति समेत सरेको जनाएको छ । अब फाइनल प्रतियोगिता २०२२ को सेप्टेम्बर २५ देखि २० सम्म हुनेछ ।

यस अघि फाइनल प्रतियोगिता २०२२ को फेब्रुवरी १६ देखि २७ सम्म हुने तय थियो । छनोटको लागि नेपालले गौरव बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस्तै एन्फाले नेपाली टिम फुटसलको 'ए' डिभिजन लिग पछि छनोट गर्ने जनाएको थियो ।

कोरोनाको कारण फुटसल लिग समेत स्थगित भईसकेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार