काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाविरुद्ध हेटौंडामा प्रदर्शन गरिएको छ । भारतिय सुरक्षा बल एसएसबीका जवानले तुइनबाट महाकाली तरीरहेका बेला डोरी निकालीदिँदा स्थानिय जयसिंह धामी अहिलेसम्म वेपत्ता छन् ।
त्यसैको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले हेटौंडामा बृहत ¥याली निकालेको छ । विरोध कार्यक्रममा उनीहरूले ’जयसिंह धामीलाई न्याय देऊ’, ’भारतीय ज्यादती सहिँदैन,’ भारतीय सीमा सुरक्षा बल एसएसबी मुर्दाबाद लगायत नारा लगाएका थिए ।
ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका धामीलाई सहिद घोषणा गर्न समेत माग गरेका छन् । सरकारले आफ्नो सत्ता जोगाउन मात्रै ध्यान दिएको भन्दै सरकार जनताको जीवन रक्षा गर्न गम्भीर नबनेको आरोप उनिहरुले लगाएका थिए ।
