बिहिवार, आश्विन १५ गते २०८३

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

शुक्रवार , आषाढ १, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको छ ।

आज सुन तोलामा एक लाख ४१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार