बिहिवार, आश्विन १५ गते २०८३

नेपाली बजारमा चाँदीको मूल्य बढ्यो

मंगलवार , आषाढ ५, २०८१

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।  

यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने रु १५ बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार