बिहिवार, आश्विन १५ गते २०८३

काठमाडौं किंग्सको कप्तानमा सन्दीप लामिछाने 

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । काठमाडौं किंग्सको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । आगामी असोजमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्स ११ को कप्तानमा नियुक्त भएका हुन् ।

काठमाडौंले सोमबार सन्दीपलाई कप्तानका रूपमा रहने जानकारी दिएको हो । सन्दीपको कप्तानीमा काठमाडौं किंग्स–११ बाट विदेशी खेलाडीको रूपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीले खेल्ने जनाइएको छ ।

इपिएल आगामी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुने कार्यतालिका छ । सन्दीपको जन्मदिनको अवसरमा सोमबारबाट उनलाई काठमाडौंले कप्तानका रूपमा सार्वजानिक गरेको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार