बुधवार, आश्विन १४ गते २०८३

कोपा अमेरिकामा उरुग्वेको विजयी सुरुवात

सोमवार , आषाढ ११, २०८१

काठमाडौँ । अमेरिकामा जारी कोपा अमेरिका-२०२४ को आफ्नो पहिलो खेलमा उरुग्वेले सानदार जित हासिल गरेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह सि मा महत्त्वपूर्ण ३ अंक प्राप्त गरेको हो ।

अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा उरुग्वेले खेलको १६ औँ मिनेटमा नै अग्रता लिन सफल भएको थियो । उरुग्वेको लागि मिडफिल्डर मेक्सिमिलिनो अरुजोले गोल गर्दै टिमलाई १(० को अग्रता दिलाए ।

खेलमा दोस्रो गोल दोस्रो हाफको ८५ औँ मिनेटमा भयो । उरुग्वेको लागि स्टार खेलाडी डार्विन ग्याब्रीयल नुनेज ले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलमा इन्जुरी समयको पहिलो मिनेटमा पुनः उरुग्वेले गोल थप्यो । उसको लागि डिफेन्डर मातियाज भिनाले गोल गर्दै टिमलाई थप मजबुत बनाए ।

इन्जुरी समयको चौथो मिनेटमा पानमाले एक गोल गर्न सफल भयो । पानामाको लागि डिफेन्डर मिचेल अमिरले सान्त्वना गोल गरे ।

खेलपछि आज बिहान मात्र पहिलो स्थानमा रहेको अमेरिका भन्दा गोल अन्तरको आधारमा अंक तालिकामा अघि रहँदै शीर्ष स्थानमा रह्यो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार