मंगलवार, आश्विन २० गते २०८३

समाजवादी मोर्चाको बैठक आज बस्दै

मंगलवार , श्रावण १, २०८१

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार