मंगलवार, आश्विन २० गते २०८३

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी

मंगलवार , आश्विन २०, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने बताए ।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । दाहालले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेको आरोप गृह मन्त्रालयको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार