धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका छन्।
मंगलबार राति करिब ९ः३० बजे स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घरनजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते हुनेमा धनगढी–१७ धुर्जन्नाकी ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी छन्।
उनीहरूलाई राति ११ः०५ बजे उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो। अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको छ।