मंगलवार, आश्विन २० गते २०८३

कर्णालीमा माओवादीका मन्त्रीले दिए राजीनामा

सोमवार , श्रावण ७, २०८१

सुर्खेत । नेकपा (माओवादी केन्द्र) बाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका छन्। सोमबार उनीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्।

माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, ऊर्जा तथा जलस्रोत मन्त्री रणसिं परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत थिए।

मन्त्रीहरूले राजीनामा दिए पनि सरकारबाट समर्थन भने माओवादीले फिर्ता लिइसकेको छैन। संसदीय दलभित्र छलफल गरेपछि समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गरिने माओवादीबाट सहभागी निवर्तमान मन्त्री महेन्द्र केसीले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार