बिहिवार, आश्विन १५ गते २०८३

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार , भाद्र ५, २०८१

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो । 

मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर  १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार