बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य तीन दिनदेखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , भाद्र २०, २०८१

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य स्थिर रहेको छ।

मंगलबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

आज सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा कारोबार भएको थियो। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार