बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । मंगलबारदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ। मूल्य बढेसँगै स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजकोको लागि एक तोला सुनको मूल्य एक लाख ५३ हजार ३०० रूपैयाँ निर्धारण भएको जनाएको छ। यसअघि भदौ १३ गत एक लाख ५३ हजार दुई सय रूपैयाँ काय भएको थियो। 

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार ३०० रूपैयाँ बढेको हो। बिहीबार स्थानीय बजारमा एक लाख ५२ हजार तोला सुन किनबेच गरिएको थियो। 

आज चाँदीको मूल्य पनि बढेको छ। आजको लागि एक तोला चाँदीको मूल्य एक हजार ७९५ निर्धारण गरिएको छ। बुधबार यस्तो मूल्य एक हजार सात सय ६५ रूपैयाँ तोकिएको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार