बिहिवार, आश्विन १५ गते २०८३

सुुन–चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

मंगलवार , भाद्र २५, २०८१

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला १७ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार