मंगलवार, आश्विन २० गते २०८३

मन्त्रीहरूसँग आज कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरूसँग कार्यसम्पादन कार्य सम्झौता गर्ने भएका छन्।

सम्झौताका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज प्रधानमन्त्रीले मन्त्रीहरूसँगको कार्यप्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा विवरण माग्ने तयारी गरेका छन्।

यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बोलाएर कामको बारेमा जानकारी नियमित रूपमा लिइरहेका छन्।

आज मन्त्रीहरूको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन तयारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार