बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

बुधवार , आश्विन ९, २०८१

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार र सोमबार र मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।बुधबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ पुगेको छ। 

मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार