बिहिवार, आश्विन १५ गते २०८३

आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार