सोमवार, श्रावण २५ गते २०८३

शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

मंगलवार , श्रावण १९, २०७८

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो । 

यस्तै,बैठकले राष्ट्रिय विभुषण छनोट समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका उपकाश प्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र अतिथि सम्पादक गोपाल खनालले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ । त्यसैगरी बैठकले नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ । आचरण विपरित काम गरेको भन्दै महाप्रबन्धक भट्टराईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार