बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला एक लाख ६५ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँ पुगेको छ।  यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार