शनिवार, कार्तिक ८ गते २०८३

राष्ट्रियसभा बैठक सुरु

बुधवार , श्रावण २०, २०७८

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु  भएको छ । बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश गरी पारित गर्ने कार्यसूची रहेको छ । 
प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६÷०७७ सभा समक्ष पेश गर्नेछन् ।  

यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७’ सभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन ब्यवस्थापन समितिका २ वटा प्रतिवेदनसहित विधेयक पेश गरी पारित गरिनेछ । 

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘तथ्याङ्क विधेयक, २०७६ माथि छलफल गरी पारित गरिनेछ। यस्तै सोहि समितिको प्रतिवेदन सहितको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार