आइतवार, कार्तिक ९ गते २०८३

तुइन काटेको घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

बुधवार , श्रावण २०, २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता  एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरे ।

हालसम्म आएका तथ्यहरुले एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता प्रष्ट भएको भन्दै  उनले यसका निम्ति भारतले सार्वजनिक रुपमा नेपाल र नेपाली जनतासँग क्षमायाचना गर्नुपर्ने माग गरे । 
उनले यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्ना समेत गरेका छन् ।

साथै दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न र आगामी दिनमा यसप्रकारको उत्पीडनकारी हेपाहा व्यवहार नदोहोर्याउन समेत माग राखे । तत्काल छानबिन समितिको रिपोर्ट ल्याएर भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार