बिहिवार, आश्विन १५ गते २०८३

मंसिर ९ देखि धरहरा चढ्न २०० रुपैयाँ शुल्क लाग्ने

शनिवार , मंसिर ८, २०८१

काठमाडौँ । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले राखेको उक्त प्रस्ताव गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। अब यही मंसिर ९ गतेदेखि धरहरा चढ्दा उल्लिखित शुल्क लाग्ने सहरी मन्त्रालयले जानकारी दिएको छ।

स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन्। यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार