मंगलवार, आश्विन २० गते २०८३

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ । 

मंशिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।जसका लागि मंसिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् । 

मुख्यतयाः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्नका लागी चीन जान लागेका प्रधानमन्त्री ओली सोही सम्झौताका बारेमा बढी केन्द्रित हुनेछन् । 

त्यसको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा पाँच दिन अगावै मंसिर १३ गते चीन जानेछिन् । मुख्यतयाः चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ । प्रधानमन्त्री ओली मंसिर २० मा स्वदेश फर्किने छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार