सोमवार , मंसिर १०, २०८१
Shares
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।