काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विप्लव नेतृत्वको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द र अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेटवार्ता गरेका छन् ।
उनीहरुबीच मंगलबार बालुवाटारमा भेटवार्ता भएको हो । विप्लव र प्रकाण्डले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणमा हुने महत्वपूर्ण सम्झौता राष्ट्रहीतविपरीत नगर्न सुझाव दिएका छन् ।
त्यस्तै देशमा बढ्दै गइरहेका विभिन्न समस्याको विषयमा साझा धारणा बनाउनु पर्ने पनि उनीहरुले माग गरेका छन् । त्यस्तै यसअघि सरकार तथा नेकपा माओवादीसँग भएका समझदारी कार्यान्वयन नभएको भन्दै विप्लवले प्रधानमन्त्री ओलीसँग गुनासो गरेका थिए । आजको भेटवार्तामा उनीहरुबीच यी तिन वटै विषयमा छलफल भएको थियो ।