काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि आज काठमाडौँ नल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि आज काठमाडौँ ल्याइने बताइएको थियो ।
तर, आज उनलाई काठमाडौँ ल्याउने योजना स्थगित भएको छ । अब उनलाई बुधबार या बिहीबारसम्म मात्र काठमाडौँ ल्याउने जनाइएको छ ।
उनलाई यस बीचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो । काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ ।