काठमाडौँ । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ। आज सुन प्रतितोला ९ सयले बढेको हो । सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।