मंगलवार, आश्विन २० गते २०८३

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै

बिहिवार , मंसिर १३, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ । 

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार