मंगलवार, आश्विन २० गते २०८३

उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु, सामाजिक सञ्जालमार्फत पनि भोट माग्न नपाइने

बिहिवार , मंसिर १३, २०८१

काठमाडौँ । स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको हो ।

मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन।  आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ।

दुई जिल्ला समन्वय समिति प्रमुख, एकरएक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार