काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितातोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।