मंगलवार, आश्विन २० गते २०८३

दाहाल भन्छन्- उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हो

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मंसिर १६ मा हुने उपचुनावलाई भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह भनेका छन् ।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन् ।

'यो उपचुनाव हेर्दा उपचुनाव मात्रै भएपनि यथार्थमा भ्रष्टाचारको पक्ष र विपक्षको जनमत संग्रह हो,' दाहालले भने,'मलाई पूरै विश्वास छ, नेपाली जनता भ्रष्टाचारको विपक्षमा छ । सुशासनको पक्षमा छ ।'

उनले माओवादी केन्द्रका उम्मेदवार डा। शिवशरण महर्जनलाई जिताउनका लागि कीर्तिपुरवासीलाई आह्वानसमेत गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार