बिहिवार, आश्विन १५ गते २०८३

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसले भने, क्रिकेटबाट टाढिएको छैन

बुधवार , श्रावण २०, २०७८

काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्ट आज पत्रकार सम्मेलन गर्दै पारसले भने, ‘क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन । मेरो भूमिकामात्रै फरक भएको हो ।’

उनले आफूले उपयुक्त समयमा संन्यास लिएको बताउँदै अगाडि भने, ’संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै लिएको हो । यो डिसिजन मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ।’ यस्तै खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए ।

तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेका उनले नेपाल क्रिकेट संघ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनको भूमिकामा आफूलाई उतार्ने प्रयास गर्नेछन् । १० वर्षसम्म नेपालको कप्तानी गरेका पारसले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार