मंगलवार, आश्विन २० गते २०८३

रवि लामिछानेको आज सरकारी वकिलको कार्यालयमा बयान

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौँ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । बिहीबार जहाजमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।

उनको आज सरकारी वकिलको कार्यालयमा बयान हुने बताइएको छ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत संलग्नता रहेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही सहकारी ठगीको अनुसन्धानको लागि उनलाई काठमाडौं ल्याइएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार