काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । अहिले उनको वयान जारी छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको जिपल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि आज बिहान उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई विहीबार बेलुका वयानका लागि काठमाडौं ल्याइएको थियो ।कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो ।