काठमाडौँ । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका १६ को अध्यक्षका लागि मतदान गरेका छन् ।
पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै कुरा उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिए ।