काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले सोमबार पनि निरन्तरता दिने भएको छ ।
आइतबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो । भोलि बयान सकेर उनलाई पोखरा पठाउने तयारी छ ।