काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना सोमबार हुने भएको छ ।
कीर्तिपुरमा पहिले वडाध्यक्षको र त्यसपछि, मात्र मेयर पदको मतगणना सुरु हुने छ । वडाको मतगणना सुरु गर्नुअघि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । कीर्तिपुरको मतगणना नगरपालिकाको हलमा र वडा नम्बर १६ को मतगणना वडा कार्यालयमै हुने निर्वाचन आयोगले जनाएको छ ।