मंगलवार, आश्विन २० गते २०८३

उदयपुरको त्रियुगा १२ मा माओवादीका नविन राई विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा न. १२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई विजयी भएका छन् । ९२३ मत ल्याएर माओवादीका राई विजयी भएका हुन् ।

सोमबार बिहान सम्पन्न मतगणनामा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत ल्याए भने नेपाली कांग्रेसका संजिव काफ्लेले ३५१ मत ल्याएका छन् ।

राष्टिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले २०२ मत पाएका छन् भने एकिकृत समाजवादीकी निर्मला चौधरीले ३१२ मत पाएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार