काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग प्रहरीले गएको शुक्रबारदेखि सोमबारसम्म तीन दिन बयान लिएको हो।
बयान सकिएकाले अब उनलाई मंगलबार पोखरा नै पठाइने छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।