मंगलवार, आश्विन २० गते २०८३

पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले दिए प्रवचन

बुधवार , मंसिर १९, २०८१

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिएका छन् । ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ विषयमा ओलीले प्रवचन दिएका हुन् ।

सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन, एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय को सहकार्यको प्रस्ताव पनि राखेका थिए ।

प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए। सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबिच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार