काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।
आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसिरहेको छ । स्थानीय तह उपनिर्वाचनवाट हौसिएको माओवादीले त्यसको समीक्षा गर्ने र आसन्न केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।