मंगलवार, आश्विन २० गते २०८३

आज भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै, यी दुई ठाउँको दर्शन गर्ने

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज नेपाल आउँदैछन्।

भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट’ गर्न लागेका हुन्। बिहान पौने १० बजेतिर उनी नेपाल आइपुग्ने बताइएको छ।

तीन चार घण्टा नेपालमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नेछन् । ​उनी त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्।

त्यसपछि उनी बौद्धनाथ जानेछन्। उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार