काठमाडौं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।
उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् । भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नु कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।